सुरक्षाका कारण जलेश्वर कारागारमा सेना खटाइयो

Everest Fuji News २०७४ जेठ १७ मा प्रकाशित       Published at 2017 May 31


गौशाला । महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ । स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । उहाँले जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मङ्गलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो । यसअघि जलेश्वर कारागारमा निर्वाचन अवधिभरका लागि नेपाली सेनालाई सो जिम्मेवारी दिइने गरेको जेलर ठाकुरले बताउनुभयो । कारागार सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी सम्हाले पनि प्रशासनिक कामकाजका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक सोनु सिंहको नेतृत्वमा सातजना प्रहरीले जलेश्वर कारागारमा सुरक्षा दिँदै आएका छन् । जलेश्वर कारागारमा अहिले ३९ महिला, चार आश्रितसहित ३९७ कैदीबन्दी रहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.