नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका सरकारलाई ५० लाख डलर सहयोग दिने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खडकाले जानकारी दिए।
श्रीलंकामा गत शनिबार देखि भएको भारी वर्षापछि बाढी आउँदा करिब २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन्। श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो।