जथाभावी बाटो काट्दै हुनुहुन्छ ? २ सय जरिवाना तिर्नुपर्ला !

Everest Fuji News २०७४ जेठ १६ मा प्रकाशित       Published at 2017 May 30


काठमाडौं । जेब्रा क्रसबाहेक अन्य ठाउँबाट बाटो काट्ने १७ सयभन्दा बढी काठमाडौं उपत्यकामा कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिग्मार लामाका अनुसार मंगलबार मध्यान्ह १२ बजेसम्ममा सडक पेटी छाडी जथाभावी बाटो काट्ने १७ सय ७८ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

उनका अनुसार कारबाहीमा परेका मध्ये १२ सय २० जनालाई दुई सय रुपैयाँका दरले जरिबाना गरिएको छ भने बाँकी ५ सय ६८ जना जरिबाना रकम तिर्न नसक्नेलाई तीन घण्टासम्म नियन्त्रणमा राखेर चेतना कक्षा दिएर छाडिनेछ ।

उपत्यकाभित्र हुने गरेको सडक दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले आजदेखि जथाभाबी सडक काट्नेलाई कारवाही थालेको हो । सडकको पेटीबाहेक सवारी गुडाउने ठाउँबाट बाटो काटको भेटिएमा यातायात व्यवस्था ऐनको दफा १३६ र १३७ अनुसार २ सय रुपैयाँ जरिबाना तिराउने महानगरीय ट्राफिक प्रमुख डीआईजी लामाले बताए ।

शुक्रबार महाशाखाले पत्रकार सम्मेलन गरी अबदेखि जथाभाबी सडक काट्नेलाई कारबाही थालेको जानकारी दिएको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.