पूर्वमन्त्री महेश बस्नेतको नेतृत्वमा आचार संहिता उल्लंघन गर्दै सडक पीच

Everest Fuji News २०७४ बैशाख २९ मा प्रकाशित       Published at 2017 May 12


भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु हुन दुई दिन बाँकी हुँदा शुक्रबार निर्वाचन आचार संहिता विपरित भक्तपुरको गुण्डुमा सडक पीच गरिएको छ। मतदाता प्रभावित पार्ने नियतले सडक निर्माणको काम गरिएको भन्दै त्यसको सवत्र विरोध भएको छ। निर्वाचन आचार सहिंताको परिक्षेद ३ को १ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन गर्न वा गराउन नपाईने उल्लेख छ। सूर्यविनायक नगरपालिका-७ गुण्डुमा एमाले युवा नेता एवं पूर्व उद्योग मन्त्री महेश वस्नेतको रोहवरमा सडक पीच गर्ने काम भएको हो। स्थानीयका अनुसार निर्वाचनको मुखमा नै पूर्व गाविस अध्ययक्ष समेत रहेका बस्नेतले एमालेको प्रभाव देखाउन पीच गरिएको भन्दै आचार संहिता उल्लघन भएको बताएका छन्। लामो समयसम्म पीच हुन नसकेको सडक निर्वाचनको मुखमा आएर पीच गर्नु आचार संहिता उल्लघन नै भएको उनीहरुको ठहर छ। निर्वाचनको २ दिन अगाडि प्रहरी प्रशासन र पूर्वमन्त्री बस्नेतको प्रत्यक्ष सहभागितामा सडक पीच भइरहेको हो। बस्नेतले नेपाल सरकारको बजेट खर्च भएकाले आचार संहिता नलाग्ने दाबी गरेका छन्। ‘आचार संहिता उल्लंघन हो भने निर्वाचन आयोग आवोस् र रोकोस्, अरू कसैले रोक्न सक्दैन,’ बस्नेतले भने।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.