-चसिला तामाङ,
काठमाडाैं/ माघ ८ तामाङहरूको महान सास्कृतिक पर्ब २८५३ औ सोनाम ल्होछारको अवसरमा तामाङहरुको साझा संगठन नेपाल तामाङ घेदुङ केन्द्रले एक हप्ते ल्होछार कार्यक्रम सार्वजनिक गरेको छ ।
हिजो शुक्रबार राजधानीको पुतलीसडक स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी अायोजक सस्था केन्द्रिय घेदुङका महासचिव बाबु घिसिङले एक हप्तामा साहित्यिक, सांस्कृतिक लगायत तामाङ पहिचान झल्काउने विविध कार्यक्रम हुने जानकारी दिनु भएको हो l
बाँदर वर्षको विदाइ र चरा वर्षको स्वगतको अवसरमा यसपालीको ल्होछार महोत्सव भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने घेदुङ प्रचार प्रसार समितिका संयोजक जगत दोङ तामाङले बताउनु भएको छ l
यसपटक ल्होछार मुल समारोह समितिले ‘तामाङ भाषा, धर्म र संस्कृित प्रवर्द्धनका लागि सोनाम ल्होछार-२८५३ घरघरमा मनाअाैं, ताम्सालिङसहितको संविधान संशोधनका लागि गाउँगाउँबाट जनदबाव सिर्जना गराैं’ भन्ने नारा समेत् तय गरेको छ ।
ल्होछारको सार्वजनिक गरिएको तलिका अनुसार माघ को १४ गते तामाङ पत्रकार र विद्यार्थीबिच मैत्रिपुर्ण फुटबल, सेलो नृत्यु प्रतियोगिता र टुँडिखेलमा ल्होछार इभ आयोजना गरिनेछ ।
ल्होछारको मुख्य दिन १५ गते बृहत सांस्कृतिक झाँकीसहितको र्याली, प्रधानमन्त्रीद्धारा मुलसमारोह कार्यक्रमको उद्घाटन तथा महोत्सव अबलोकन गरिनेछ । यस्तै १६ गते ख्याति प्राप्त कलाकारहरुबाट सांगितिक प्रस्तुति, खाना, तामाङ भेषभुषा तथा मौलिक संस्कृति झल्कने वस्तुको प्रदर्शनी गर्ने तयारी गरिएको मुल समारोह समितिले जनाएको छ । त्यसअघि तामाङ भाषा मै कविता प्रतियोगिता, ल्होछार सम्बन्धि र ताम्सालिङ आन्दोलनका विषयमा बिबिध अन्तर्क्रिया तथा गोष्ठिहरु समेत् सन्चालन गरिने आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष बाँदर वर्गलाई विदाइ गरी चरा वा ज्या वर्गलाई स्वागत गरिँदैछ । तामाङ समुदायलाई हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सरकाले २०५१ सालदेखि सार्वजानिक विदा दिदै आएको छ । यो वर्ष सोनाम ल्होछार माघ १५ गते पर्दछ ।
पत्रकार सम्मेलन ल्होछार मुल समारोहका सह-संयोजक वीरबहादुर योञ्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।
(घेदुङको सूचना तथा संचार बिभाग सदस्य,सहकर्मी नेत्र तामाङको सहयोगमा)