काठमाडौ । अन्तरधार्मिक शान्ति महासंघ नेपालले सरोकारवालाहरूबीच सामाजिक लेखा परिक्षणको सवालमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौंमा आज विभिन्न धर्मका धर्मगुरुहरू र सरकारका प्रतिनिधिबीच महासंघले अन्तर्क्रिया गरेको हो।
अन्तर्क्रिया कार्यक्रमलाइ सम्बोधन गदै महासंघका अध्यक्ष रामभक्त कुरुङवाङले धर्महरु विच सदभाव सहिषुणता आवश्यक रहेको वताए ।
उनले शान्ति सबैको आवश्यकता रहेको पनि जिकिर गरे । उनले भने ‘ यो मुलुकले समृद्धि हाासिल गर्नको लागि दिगो शान्ति आवश्यकता राज्यले महसुस गरेको छ, त्यो पुरा गर्नको लागि धार्मिक क्षेत्रकै पहलमा मात्र यो सम्भव रहेको बताए ।’
कार्यक्रममा बैद्धिक कर्मकाण्ड महासंघका बरिष्ठ उपाध्यक्ष गुरु रामचन्द्र भण्डारी,इसाइ नेपाल थियोलिक कलेजका प्रिन्सिपल,रेभ बाद कृष्ण शर्मा,बौद्ध धर्मका भिक्षु सिल रतन,इस्लाम धर्मका सिमा खान,किराँत धर्मका दंगधोज खोयङ,सञ्जय शाहीका इन्टरनेशनल संयोजक प्रोफेशर लाल कुमारी गुरुङ लगायतका धर्मगुरुहरुले संयुक्त प्रार्थना गरेका थिए ।
कार्यक्रममा सामाजिक लेखा परिक्षण्को परिचय,महत्व,औचित्य तथा आचार संहिता बारे गोबिन्द राज पौड्यालले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा नेपाल मानव अधिकार आयोगका सचिप मुरारी प्रसाद खरेल,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अधिकृत राम प्रसाद वली,संस्कृत पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका संस्कृतिक महाशाखाका शाखा अधिकृत राम प्रसाद सुवेदी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो