चक्रपणि शर्मा गौतम
हिन्दुहरुको दैनिक ब्याबहारिक पञ्चाङ्ग अनुसार हरेक बर्षको कार्तिक शुक्ल पक्षको एघारौं तीथिको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। आसाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका बिष्णु भगवान ठीक ४ महिनापछि कार्तिक शुक्ल एकादशी आजकै दिन ऊठ्छन् भनेर शास्त्रहरुमा बतायिएको छ। यो समयलाई आराध्य चौमासको समय पनि भनिन्छ। श्रद्धालु भक्तजनहरु यो चौमासको समयभरी अन्न नखाई फलफूल मात्र खाएर ब्रत,उपासना गरी कार्तिक शुक्ल एकादशीका दिन तुलसीको बिबाह शालीग्राम(बिष्णु भगवानका प्रारुप)भगवानसंग बिधिबत सम्पन्न गरेपश्चात उत्सब मनाएर ब्रतको बिसर्जन(पारण) गर्ने गर्दछन्।
यसदिन नेपालका पशुपतिक्षेत्र आर्यघाट,देबघाट,बराहक्षेत्र,त्रिबेणी घाट,गलेश्वर,मोदीबेणी,रिडी,आदि जस्ता तीर्थस्थलहरुमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ। गङ्गाजलमा स्नान,जप्,ध्यान,आदिगरी त्रिलोकपति बिष्णु भगवानका नाऊंमा स्थानीय पञ्चेबाजा, भजन-कीर्तन गरेर बडो धुमधामका साथ यो एकादशी पर्ब मनाउने गरिन्छ। कार्तिकमास बिष्णु भगवानको लागि अति प्रिय मास भएको र एकादशी त झनै प्यारो तीथिको दिन भएको हुनाले यसदिन गङ्गा स्नानगरी तुलसीको पात बिष्णु भगवानलाई अर्पण गरेमा सर्बोत्तम पूण्य प्राप्तहुने बतायिएको छ। देबऊठनी एकादशी या प्रबोधिनी एकादशी या ठूली एकादशी भनेर चिनिने यस दिन सूर्य तथा अन्य ग्रहहरु आफ्नो अवस्थाबाट परिबर्तित हुन्छन्,जसको प्रत्येक मनुष्यका ईन्द्रियहरुमा प्रतिकूल प्रभाब पर्नसक्छ। यस्तो प्रतिकूल प्रभावबाट बच्न आध्यात्मिक चिन्तन र यस एकादशीको ब्र्त,उपासना गर्न उत्तम मानिएको छ। चौमासभरी ब्रतगर्नेहरुले त्यस समयभरी भगवानका नाममा अर्पण गरेका फूल-पाती,चन्दन-अक्षता,फूलमाला,तोरन,आदि सबै यसैदिनमा गङ्गाजल या कुनै जलाशयमा बिसर्जन गरिदिने
(बगायिदिने) गर्दछन्। यस बर्ष बि,सं, २०७९साल(ई,सं, २०२२)का लागि हरिबोधिनी एकादशी कार्तिक १८ गते(नबेम्बर ४ तारीख)का दिन रहेको बेहोरा नेपाली पात्रो(हाम्रो पात्रो)ले जन् आएको छ।
द्वापरयुगमा श्रीक्रिष्णले आफ्ना प्रियसखा पार्थ(अर्जुन)लाई हरिबोधिनी एकादशीका बारेमा देवर्षी नारद र ब्रह्मा बीचको सम्बाद सबिस्तार सुनाएका थिए। देबर्षी नारदले आफ्ना पिता ब्रह्मासंग राखेको जिज्ञासा बारे बिस्त्रित ब्याख्या गर्दै ब्रह्माजी अगाडी भन्छन्=--हे पुत्र! कार्तिक शुक्ल एकादशीको ब्र्त सच्चा श्रद्धा र भक्तिभावका साथ गरिन्छ भने त्यस्तो ब्यक्तिले नरकको दु:ख भोग्न कहिल्यै नपर्ने,बिष्णुलोक प्राप्त हुने,१००० बर्ष तपस्या गर्दा नमिल्ने पूण्य प्राप्तहुने ब्रह्मबैबर्त पुराणमा उल्लेख छ। यो ब्रतको प्रभावबाट यमलोकको गमन कहिल्यै नहुने,स्वर्गको ढोका खुला रहने, आयु,आरोग्य,ऐश्वर्यवान हुने,सद्बुद्धि मिल्ने, सुख-सम्ब्रिद्धि तथा राज्य प्राप्तहुने भनिएको छ। यस एकादशीको कथा सुन्दा-सुनाऊंदा मात्र १०० गाई दानगरे बराबरको पूण्य प्राप्तहुने,भगबत भक्ति प्राप्तगर्न सहायक हुने,ब्यक्ति धनवान,भोगी,तपस्वी,र आफ्ना ईन्द्रियहरु जित्नसक्ने हुने बतायिएको छ।यो एकादशीको ब्रतगर्ने ब्यक्तिलाई सूर्यग्रहण स्नान गर्दाबाट भब्दा १००० गुणा बढी पूण्य प्राप्तहुने कुरा हाम्रा पुराणहरुमा उल्लेख छ।यस एकादशीको ब्रतको फल १००० अस्वमेध यज्ञ,१०० राजसूय यज्ञको फल बराबरको हुन्छ भनिएको छ। ब्र्त आम्सिक गर्दा दुई जन्मको र पूर्ण गर्दा सात जन्ममा गरेका सबै पापहरु नष्ट हुन्छन् भनिन्छ। जुन बस्तु त्रिलोकमा पाउन दुर्लभ छ, त्यो बस्तु यस एकादशीको ब्रतबाट सहजै प्राप्तहुने कुरा उल्लेख छ।जसले यो एकादशीको ब्र्त श्रद्धापूर्बक शुद्ध मनले गर्दछ,त्यसलाई पर्बत समानको अटल पूण्य प्राप्तहुन्छ भनेर भनिएको छ।ब्रतका क्रममा जो बर्तालुले यस एकादशीको राती बिष्णु सम्बन्धीका भजन-कीर्तन गरी जाग्राम गर्छ,उसका बितेका १० पींडि र आऊंदा १० पींडिहरुले बिष्णुलोक बासगर्न पाऊंछन् भनेर पद्मपुराणमा बतायिएको छ। यो एकादशीको ब्रतगर्नेका घरमा यस धरतीमा भएका जति सबै तिर्थहरुले बास गर्छन् भनेर बर्णन गरिएको छ। यस दिन गरेको दान,तप,यज्ञ,पूजा,आदि सबैबाट अक्षय पूण्य प्राप्त हुन्छ भनिएको छ।यस एकादशीसंग अनेकानेक पौराणिक कथाहरु गांसिएका छन् जसमध्ये कुनै एकको बर्णन यहां गरिएको छ।
धेरै समय पहिले कुनै एक देशमा अति धर्मात्म राजा थिए। हरेक एकादशीका दिन उनका राज्यमा कोही-कसैले पनि अन्न खांदैनथे,त्यस दिन फलाहार गर्थे। एकादशीका दिन त्यस राज्यमा अन्नादिको किन