-चक्रपाणि शर्मा गौतम,
न्यूजर्सी; अमेरिका |
हिन्दु पञ्चाङ्ग(पात्रो)अनुसार आस्वीन शुक्लपक्षमा पर्ने पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ।यो दिनदेखि शीतकाल प्रारम्भ हुने भएको हुनाले यसलाई शरद पूर्णिमा भनेर पनि भन्ने गरिन्छ।यो पूर्णिमा सधैं आस्वीन -कार्तिक महिनामा पर्दछ। यस पूर्णिमाको अघिल्लो दिन बिष्णुप्रिया लक्ष्मी माताको जन्मदिन पनि परेको हुनाले यसको महत्व बढी हुन गएको छ।पूर्णिमाको ब्र्त लिनेहरुले अघिल्ल्यै दिनदेखि ब्र्त प्रारम्भ गरी पूर्णिमाको दिन बेलुका चन्द्रोदय भएपछि पूर्णचन्द्रको बिधिपूर्बक दर्शन गरेर मात्र उक्त ब्र्तको बिसर्जन गर्नुपर्ने बतायिएको छ। यी दुबै दिनमा लक्ष्मी माताले धन-दौलतको बर्षागर्ने र चन्द्रमाले यी दुबै रातमा चांदनीरुपी रोशन(शीतलता)को बर्षा गराउने जनायिएको छ।यस पूर्णिमाका राती लक्ष्मी माता धरतीमा को-को जाग्राम बसेका छन्,को-को जाग्राम बसेका छैनन् भन्ने कुराको चियो-चर्चो गर्दै हरेक परिवारका घर-घरै निरीक्षण गर्दै हिड्ने गर्छिन्,जो-जो जाग्राम बसेका हुन्छन् तिन-तिनलाई धनको बर्षा गराउंछिन् भन्ने धार्मिक बिस्वास छ।यो पूर्णिमाका दिन यस धरतीमा(बिशेष गरी हिन्दु समाजमा)प्राय:सबै घरहरुमा बत्ती बालेर झलमल्ल गरी जुवा,तास खेलेर ,भजन-कीर्तन गरेर,नाच-गान,आदि जस्ता जे-जे कार्यहरु गरेर भएपनि नसुतिकन जाग्राम बस्ने चलन छ र पूर्णिमाको नामपनि कोजाग्रत पूर्णिमा रहन गएको कारण यहि हो भनेर भन्ने गरिन्छ। यस बर्षको कोजाग्रत पूर्णिमा बि,सं, २०७९ साल(ई,सं,२०२२)आस्वीन २३ गते(अक्टोबर ९ तारीख)का दिन परेको बेहोरा हिन्दु पञ्चाङ्ग(हाम्रो पात्रो)ले जनाएको छ।
कोजाग्रत पूर्णिमाले दशैं सकिएको र तीहार शुरु भएको संकेत गर्दछ।घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा माता सम्बन्धिका सबै सामाग्रीहरु यस दिन बिसर्जन गरिन्छ र रातभरी अखण्ड बत्तीबाली माता लक्ष्मीको आह्वान गरिन्छ।यस दिनको ठीक १६ दिनपछि लक्ष्मीपूजा पर्दछ।टाढा-टाढा रहेका आफ्ना आफन्तहरु बीच दशैंको टीका र जमरा,आशीर्बचन,शुभकामना आदान-प्रदान गर्ने अन्तिम दिन कोजाग्रत पूर्णिमालाई मानिएको छ।यस समयका पूर्णचन्द्रका चांदनीको हरेक द्रिष्टिले लाभदायक मानिन्छ।यो राती खुला आकाशमा,या घरको छानामा खाद्य पदार्थहरु,फलफूलहरु,राखियो भने चन्द्रमाको शीतल चांदनीका प्रभावले गर्दा ती सबै बस्तुहरु पबित्र र पौष्टिक हुन्छन् भन्ने धार्मिक बिस्वास भएको हुनाले यो पूर्णिमाको राती हिन्दुहरु प्राय: सबैले आ-आफ्ना घर-आगन,छत-छानामा खीर,नरीवलको पानी,बिभिन्न फलफूलहरु एबम् अन्य खाद्य पदार्थ सुकाउन राखेझैं गरी खुला आकाशमा राख्ने गर्दछन्।यस रातको पूर्णचन्द्रको चांदनीलाई पन्ध्र-बीस मिनटसम्म खुला आखाले हेरेमा आखाको तेज र द्रिश्याबलोकन शक्ति बढ्नजान्छ भन्ने बिस्वास छ।यस पूर्णिमाका चन्द्रमाको चांदनीले धरतीमा हरेक बनस्पति,जन्तु-जनावर,खेतीपाती,आदिलाई अंरित सरहको अलौकिक बस्तुको बर्षागर्ने बर्णन गरिएको छ।यसै पूर्णिमाका राती द्वापरयुगमा श्रीक्रिष्णले बिन्द्राबनमा गोपिनीहरुसंग राशलिला गरेका र त्यस रातको समयलाई लामो पारिदिएका हुनाले बर्षभरिका पूर्णिमाहरुसंगको तुलनामा यो पूर्णिमाको रातको समय लामो हुन्छ र चन्द्रमाको उज्यालोपना पनि बढी गाडा हुन्छ भन्ने भनाई छ।
परापूर्बकालमा नैमीषारण्य क्षेत्रमा ८८ हजार ऋषीहरुले कोजाग्र्त पूर्णिमाको ब्रत,उपासन बारे पौराणिक महिमाको बारेमा बेदब्यास शीष्य सुतजीसंग सोधिएका प्रश्नहरुको उत्तर दिंदै सुतजीले ती ऋषीहरुलाई यौटा कथा सुनाएका थिए जो यस प्रकारको छ--
धेरै समय पहिले मगध देशमा बलीत नाम गरेका एकजना बिद्वान र धर्म-कर्मनिष्ट ब्राह्मण थिए। उनी आफुसंग जे छ त्यसैमा संतुष्ट रहने स्वभावका थिए,कसैसंग हात थापेर कहिल्यै कुनैपनि बस्तु माग्ने गर्दैनथे। बरु घरमा ल्याएर दिएको बस्तु भने स्वीकार गर्थे। उनकी चण्डी नाम गरेकी यौटी पत्नी थियिन।तिनी असन्तुष्ट स्वभावकी थियिन। यिनले पतिसंग सधैं आफ्ना दिदी-बहिनीहरुले लाए-खाएका,शुख-सयल गरेका गन्थनहरु मात्र गर्ने गर्दथिन।गरीबका घरमा परेर आफुले दु:ख पाएको गुनासो मात्र गर्दथिन अफ्ना पतीसंग,तर ब्राह्मण भने पत्नीको त्यस्तो कच-कचप्रति कुनै जवाफ नगरी शान्त भएर रहने गर्थे। चण्डीले एक पटक पतीलाई राजाकहां गएर धन-सम्पत्ति चोरेर ल्याउन भनिन्,तर ती ब्राह्मणले यसोगर्न मानेनन्।त्यस दिनदेखि चण्डीले अब उप्रान्त पतीले अराहेको काम सबै उल्टो गर्ने कसम खायिन्,तथापि ती ब्राह्मण भने चुप भएरै रहने गर्थे।