
काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ६–० को फराकिलो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरको हो ।
नेपालको जितमा ब्रिजेश चौधरीले २ गोल गरे । त्यस्तै, दर्शन गुरूङ, रोशन दोङ, रोशन रानामगर र आकाश बुढामगरले समान १–१ गोल गरे ।
सुरुवाती समयदेखि नै आक्रामक खेलेको नेपालले पहिलो हाफमा ४–० ले लिड गरेको थियो । नेपालले खेलको १४औं, २२ औं, ३८ औं र पहिलो हाफको अतिरिक्त समयमा गोल गरेको थियो ।
दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालले थप २ गोल गर्न सफल भयो । खेलको ४७ औं र ७३ औं मिनेटमा नेपालले गोल गर्दै ६–० को जित निकालेको थियो ।
समूह बी मा रहेको नेपाललको अन्तिम खेल भारतसँग २३ बुधबार हुनेछ । जित्ने टिम समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोली उपविजेता बन्नेछ ।
तस्बिर गोल नेपालबाट