एएफसी महिला एशियन कप सन् २०२६ को छनोट अन्तर्गत निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06


काठमाडौँ/


एएफसी महिला एशियन कप सन् २०२६ को छनोट अन्तर्गत निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 

उज्वेकिस्तानको तास्केन्तमा गएराति भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । यो खेलसँगै नेपाल सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्न नपाउने भएको छ । निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो । नेपालले गरेका तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी हुन् । उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरेका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.