भारोत्तोलनका प्रमुख प्रशिक्षक जोशीको निधन

Everest Fuji News २०७४ असार १२ मा प्रकाशित       Published at 2017 Jun 26


काठमाडौं । भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको ५३ बर्षको अल्पायुमा निधन भएको छ ।

उनको हृदय रोगका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार निधन भएको हो ।

१९९६ मा अमेरिकाको अटलान्टामा भएको २६ औं ओलम्पियकमा सहभागी भएका नेपाल ओलम्पियन संघका अध्यक्ष जोशीले २०४१ सालमा काठमाडौंमा आयोजित दक्षिण एशियली खेलकुदमा सहभागीता जनाउंदै रजत पदक प्राप्त गर्न सफल भएका थिए । पहिलो देखि सातौं दक्षिण एशियाली खेलकुद सम्म प्रतिस्पर्धा गर्दै ६ रजत र ११ कास्य पदक प्राप्त गरेका थिए । नेपाल भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका जोशीले खेल जीवन पश्चात २०५२ साल अशोज १ गतेबाट प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदमा कार्यरत रहँदै २०६३ साल पौष २१ गतेबाट बरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए । श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुुद परिषदमा राखिएको उनको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव ज्ञानराज सुवेदी तथा कर्मचारीहरु, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पा, पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पदाधीकारी, ओलम्पियन खेलाडीहरु, खेलाडी, खेलकर्मी, राखेपका कर्मचारी लगायतले फुल अविरद्वारा श्रद्धान्जली अर्पण गरेका थिए । जोशीको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीका श्रीमती र एक छोरा छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.