अल्ट्रा धावक तथा आरोही सन्जय पण्डितको शव नेपाल ल्याउन पहल हुँदै

Everest Fuji News २०७४ असार ६ मा प्रकाशित       Published at 2017 Jun 20


काठमाडौं । अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा मृत्यु भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव नेपाल ल्याउन कानुनी प्रक्रिया पुरा भएको छ ।

पण्डितसँग आरोहणमा सहभागी टाँसी शेर्पा‘नेपाली’ लगायत दुताबासको पहलमा कानुनी पक्रिया पुरा भएको बताइएको छ ।
अमेरिकी प्रक्रिया पुरा भइसकेकाले नेपालको परराष्ट्र मन्त्रालय र दुताबासको पहलमा नेपाल ल्याउन तयारी सुरु भएको छ । वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव न्यूयोर्कसम्म ल्याउन निकै समय लागेको थियो । दूताबासका अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको हो । दुताबासको सहयोगमा केही दिनमै शव नेपाल पठाइने छ । उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो । करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो । पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए । संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए । पण्डितको निधन भएपछि सामाजिक सन्जालहरु श्रद्धाञ्जलीका शब्दहरुले रंगिएका छन् । उनीसँगै डेनाली हिमाल चढ्न गएका टाँसी शेर्पाले संचारमाध्यमहरुमा दिएको जानकारी अनुसार हिमालको पाँच नम्बर क्याम्पमा पुगेपछि पन्डितलाई समस्या भएको थियो । डेनाली समिटनजिकै पुगेपछि उनी हिड्न नसक्ने भएका थिए । हिड्न नसक्ने गरी अचेत भएका पण्डितले अन्तिममा श्रीमतीसँग भेट्ने इच्छा ब्यक्त गरेका थिए । तर त्यो सम्भव थिएन् । विहानको चार बजे उनको मृत्यु भएको हो । अमेरिकी सरकारको डेनाली नेशनल पार्क भित्र रेन्जर फोर्सको टोलीले उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.