फिफा वरियतामा नेपाल चार स्थान माथि उक्लियो

Everest Fuji News २०७४ जेठ १८ मा प्रकाशित       Published at 2017 Jun 01


विश्व फुटबल महासंघ फिफाको बरियातामा नेपालले ४ स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियाता अनुसार नेपाल यसअघिको आफ्नो वरियतामा चार स्थान सुधार गरेको हो। यद्यपी नेपाल दक्षिण एशियामा भारत, माल्दिभ्स, अफगानिस्ता र भुटानपछि चौथो स्थानमा यथावत छ । दक्षिण एशियामा भारत १००औं स्थानमा यथावत रहँदा चार स्थान तल खस्केको माल्दिभ्स १५६औं र समान चार स्थान तल झरेको अफगानिस्तान १५८औं स्थानमा छ। यस्तै २ स्थान तल झरेको भुटान पनि नेपालभन्दा तीन स्थान माथि १६६औं स्थानमा छ । बरियातामा नेपालभन्दा पछाडि रहेका दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश १९२, श्रीलंका १९६ र पाकिस्तान २००औं स्थानमा छन्। पछिल्लो वरियाताको शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छ। पहिलो स्थानमा ब्राजिल यथावत छ । यस्तै अर्जेन्टीना, जर्मनी, चीली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विटजरल्याण्ड र स्पेन क्रमशः १ देखि दशौं स्थानमा छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.