आपसी बन्धुत्व र स्वास्थ्यको लागि खेलकुद : तमुधि जापान,प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ जापानी एन

Everest Fuji News २०७४ बैशाख ३१ मा प्रकाशित       Published at 2017 May 14


 स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुद भन्ने मूल नाराका तमु धि जापानले दोस्रो रनिङ कप टाइसिट प्रतियोगिता मे २१ मा गर्ने भएको छ । प्रतियोगिहरुले प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ जापानी एनका साथमा अन्य पुरस्कार पनि प्रदान गरिने आइतवार धिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन । आयोजक धिले शुक्रवार सम्म अन्तिम नामावली र दाखिला शुल्क प्रेष बिज्ञप्ती मार्फत अन्तिम सुचना सुचिकृत गरेको थियो । जसमा ८ वटा टिमले नामावली दर्ता गरेको छ । धिका अध्यक्ष श्री गुरुङले नेपालमा हुँदा पूर्णलालीन समय खेलकुदमा समर्पण गरेको हुनाले खेलकुदको महिमालाई बुझ्दै प्रवासमा पनि सक्रिय रुपले खेलकुद गतिबिधी गरिएको मन्न्त्यव्य दिनु भयो । पत्रकार सम्मेलन परिसरमा मुल्यवान ट्रफी र पुरस्कारका सामाग्रिले सुसज्जित तरिकाले मन्च सजाइएकोले पनि उहाको खेल्कुद प्रतिको मोह प्रष्ट झल्किन्थ्यो । सम्मेलनमा खेकुद सन्योजक सौगात गुरुङले कार्यक्रम बारेमा विस्तृत जानकारी दिदै सौहाद्रपूर्ण रुपले सम्पन्न गर्ने कोशीस गर्दा गर्दै साना तीना त्रुटिहरुमा नअल्मिन सहभागीहरुलाई अनुरोध गर्नु भयो । सँरक्षक ओम गुरुङ्ले यस कार्यक्रममा सहभागीहरुले आपसी सद्भाव ,माया , साहसी र सहयोग देखाउन अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो । नमस्ते गीत गजलको परिसरमा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष अनिता गुरुङले सहभागी आयोजक तथा खेलाडी हरुलाई स्वागत मन्त्यव्य गर्नु भएको थियो । टोक्यो ब्रदर्शका अध्यक्ष सचिन श्रेष्ठ लगायत अन्य टिमका टिम मेनेजर, टिम क्याप्टेन सहित खेलाडी र अन्य व्यक्तित्वहरुको पनि बाक्लो सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख २२ हजार २ सय २२ येन साथमा रनिंग ट्रफी,बिजेता ट्रफी, मेडल र प्रमाण पत्र साथै दोस्रो हुने टीमले नगद १ लाख ११ हजार १ सय ११ येन साथमा उपविजेता ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । अनुशासित टिम साथै बेस्ट किप्पर,बेस्ट फारवार्ड,बेस्ट डिफेन्डर र सर्ब्रोकृष्ट खेलाडीलाई पनि पुरुस्कृत गरिने आयोजकले जानकारी दिएको छ । खेल हुने स्थान : TOKYO –TO, HACHIOJI –SHI, 2 – 2 – FUJIMOTI KOUEN जानकारीको लागि : - सौगात गुरुङ (090-9841-9697), - रमेश कुमार गुरुङ (080-3585-0109), - हर्क गुरुङ (080-3557-4422), - लिल गुरुङ (090-6018-1036) - श्री गुरुङ (090-4453-5350)  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.