गल्कोट स्पोर्ट्स क्लव टोकियोको तेश्रो मैत्रीपुर्ण भलिबलको तयारी पुरा-
Everest Fuji News२०७४ बैशाख १६ मा प्रकाशितPublished at 2017 Apr 29
नेपाली नया बर्ष २०७४ तथा क्लवको तेश्रो बार्षिकोत्सवको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले आयोजना गरेको तेश्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ।अप्रिल २५ तारिक सम्म समय सिमा तोकेर अग्रिम दर्ता गर्ने १५ टिमलाई मात्र खेलमा सहभागिता गराउने पुर्व सुचना गरे अनुसार १५ टीम दर्ता भईसकेको ले पछि सहभागि जनाउन ईच्छुक टोलीलाई सहभागि गराउन नसकेकोमा तेश्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता का संयोजक श्री रत्नसिंह बस्नेतले दुख ब्यक्त गर्नु भयो ।
गल्कोट समाज जापानको मु्ख्य प्रायोजन रहेको प्रतियोगितामा सुमेघ टुर्स एण्ड ट्राभल्स काठमाण्डौ,शिव कर्पोरेशन जापान,काठमाण्डौ ड्राईभिंग स्कुल जापानको प्रायोजन रहेको छ।साथै बिभिन्न संघ संस्था तथा ब्यक्तिबाट प्रतियोगिता सफलताको कामना गर्दै आर्थिक सहयोग भएकोछ।
प्रतियोगितामा उपस्थितिका लागि जापानबासी नेपाली बिशिष्ट ब्यक्ति देखि सर्बसाधरण साथै जापानमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिलाई बिभिन्न माध्यमबाट जानकारी गराई अनुरोध गरिएको र जानकारी नभए यसैलाई आधिकारिक मानेर उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन समेत आयोजकले निमन्त्रणा गरेको छ।
प्रतियोगिता बिहान ९ बजेबाट शुरु गरी दिउसो ४ बजे भित्र सम्पन्न गर्नु पर्ने भएकोले समयको महत्वलाई बुझेर सहभागि सबै टीमका खेलाडि बिहान ९ बजे अगावै प्रतियोगिता स्थलमा उपस्थित भई समयमै खेल संचालन गर्ने वातावरण बनाई सहयोग गरिदिन पनि आयोजकले अनुरोध गरेको छ।
साथै प्रतियोगिता हुने स्थानमा बाहिर प्रयोग गरिएको जुत्ता लगाएर प्रवेश नदिने हुदा खेलाडि लगाएत उपस्थित दर्शकलाई समेत ईनडोर स्लीपर या सफा स्पोर्ट्स सुजको बन्दोबस्त आफैले गर्न(१जोर सफ़ा स्पोर्ट्स सुज छुट्टै लिन)का लागि आयोजकले सुचना गरेको छ।
खेल ३३५-००२१साईतामा प्रिफेक्चर टोडा नीजो १२८६को टोडा सिटी स्पोर्टस् सेन्टर मा संचालन हुने छ हलको फोन नं ०४८-४४३-३५२३ रहेको छ।