बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले क्याटलान क्लबका लागि ५ सय गोलले हराउने क्रमम मेसीले २ गोल गरेका थिए। जुन गोल उनको क्लब फुटबलको ५ सय गोल थियो। उनले ५ सयमध्ये ला लिगामा मात्र ३ सय ४३ गोल गरेक छन्। यस्तै, च्याम्पियन्स लिगम ९४ र स्पेनिस कपमा ४३ गोल गरेका छन्। अन्य २० गोल अरु प्रतियोगिताबाट गरेका हुन्।
२९ वर्षीय मेसीले म्याड्रिडविरुद्ध ‘अल क्लासिको’ भिडन्तमा पनि नयाँ आयाम थपेका छन्। उनी ला लिगाअन्तर्गत ‘अल क्लासिको’ भिडन्तमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बन्न पुगेका छन्। यसअघि यो कीर्तिमान रियल म्याड्रिडका महान अर्जेन्टिनी खेलाडी अल्फ्रेडो डि स्टेफानोको नाममा थियो। उनले ला लिगामा बार्सिलोनाविरुद्ध १४ गोल गरेका थिए।
तर, अब स्टेफानोलाई उछिन्दै मेसी शीर्ष स्थानमा पुगेका छन्। मेसीले ला लिगामा म्याड्रिडविरुद्ध गोलको संख्या १६ पुर्याएका छन्। अल क्लासिको भिडन्तमा उनको पुरा गोल संख्या भने २३ पुगेको छ। उनी यो मामिलामा पनि अगाडि छन्। स्टेफानोले १८ गोल गरेका थिए।
मेसीले ‘अल क्लासिको’ भिडन्तमा म्याड्रिडविरुद्ध पहिलो ह्याट्रिक २००७ मा गर्दा उनको उमेर १९ वर्ष थियो।