प्रहरीले जीवनराम श्रेष्ठलाई ओलम्पिक कमिटीको ब्यानर प्रयोग गर्न दिएन

Everest Fuji News २०७४ बैशाख ४ मा प्रकाशित       Published at 2017 Apr 17


काठमाडौं । नेपाल ओलम्पिक कमिटीको लामो समयदेखि जारी बिबादको पछिल्लो संस्करणको रुपमा प्रहरीले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको चियापान समारोहमा हस्तक्षेप गरेको छ । तिनकुनेस्थित रोयल ब्यांक्वेटमा नयाँ बर्षको अवसरमा आयोजना गरेको चियापान समारोहमा प्रहरीले आधिकारिकताको मुद्दा उठाउँदै हस्तक्षेप गरेको हो । नयाँ बानेश्वर बृतबाट खटिएको प्रहरी टोलीले कार्यक्रममा ओलम्पिक कमिटीको ब्यानर प्रयोग गर्न रोक लगाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले ओलम्पिक कमिटीको ब्यानर दुरुपयोग भएकाले हस्तक्षेप गरिएको जनाए । जोशीले ब्यानर हटाएर कार्यक्रम गर्न आफूहरुले अवरोध नगरेको पनि प्रष्ट पारे । यता जीवनराम श्रेष्ठले पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आफू नेतृत्वको ओलम्पिक कमिटीको कार्यक्रम बिथोल्ने प्रयास भएको प्रतिक्रिया दिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै आफ्नो कमिटी बैधानिक रहेको श्रेष्ठको दाबी छ । सर्बोच्च अदालतले २०६७ सालमा नै रुक्म शमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई बैधानिकता दिएको थियो । तर, ध्रुवबहादुर प्रधान नेतृत्वको ओलम्पिक कमिटीले अन्तराष्ट्रिय मान्यता पायो र उसले नै नेपाली खेलाडी पठाउँदै आएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.