जब मैदानमै ब्याट भाँचियो!

Everest Fuji News २०७४ बैशाख २ मा प्रकाशित       Published at 2017 Apr 15


अन्तर्राष्ट्रिय क्रिकेटमा हरेक दिन केही कीर्तिमान बन्छन, केही तोडिन्छ। तर, कीर्तिमान बनाउने ब्याट नै फुटेको घटना धेरै कम सुन्न पाइन्छ। यस्तै, एउटा घटना भएको छ, दशौं आइपिएलअन्तर्गत गुजरात लायन्स र राइजिङ पूणे सनराइजर्सबीचको खेलमा। शुक्रबार यी दुई पुछारका टिमबीच भएको भिडन्तमा मैदानमै पूणेका ब्याट्सम्यान मनोज तिवारीको ब्याट दुई टुक्रा भएको थियो। भारतीय क्रिकेटका पूर्व बलर प्रविण कुमारको ब्ल्याक होलमा हालेको बललाई कठोर प्रहार गर्ने क्रममा तिवारीको ब्याट दुई टुक्रा भएको थियो। उनी त्यतिबेला २९ रन बनाएर खेलिरहेका थिए। राजकोटमा भएको यो खेलमा प्रविण १८ ओभरमा बलिङ गर्न आएका थिए। उनले चौथो बल योर्कर फ्याकेका थिए। जसलाई मिडविकेटतर्फ कडा प्रहार गर्ने क्रममा ब्याट भाँचिएको थियो। मनोजले भाँचिएकै ब्याटले दुई रन लिएका थिए। उनी पछि एन्ड्रयु टाईको बलमा ३१ रन बनाएर आउट भए। यसपछि अर्को ब्याट मगाइएको थियो। उनी यो घटनाको चौथो बलपछि नै आउट भए। उनलाई गुजरातका एन्ड्रयुले ह्याट्रिक लिने क्रममा दोस्रो शिकार बनाएका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.