डिपीएलमा पारसको टोली पराजित

Everest Fuji News २०७३ चैत्र ३१ मा प्रकाशित       Published at 2017 Apr 13


धनगढी प्रिमियर लिग क्रिकेटमा कञ्चनपुर आइकोनिकले धनगढी टिम चौराहलाई ११ रनले हराएको छ। एसएसपी क्रिकेट मैदान धनगढीमा बिहीबार भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धातिर ओभरमा ६ विकेट गमाउँदा १ सय ५ रन बनाएको थियो। टिम चौराह धनगढीका कप्तान पारस खड्काले सर्वाधिक २३ रन बनाए भने चार खेलाडी शुन्य रनमा आउट भए। तीन खेल खेलेको आइकोनिकको यो पहिलो जित हो भने टिम चौराह धनगढीको लगातार दोस्रो हार हो। दोस्रो खेलमा बिराटनगर किङ्स र सिवाइसी अत्तरिया बीचमा प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.