विश्वकै चिसाे स्थानमा भएकाे म्याराथनमा नेपालका भीम गुरुङ दाेस्रो

Everest Fuji News २०७३ चैत्र २९ मा प्रकाशित       Published at 2017 Apr 11


विश्वकै चिसाे स्थानमा भएकाे 'नर्थ पोल म्याराथन'मा नेपालका भीम गुरूङ दास्रो भएका छन् । उनले ४२ किमीको दुरी ४ घन्टा १८ मिनेटमा पुरा गर्दै दोस्रा भएका हुन् । प्रथम हुने पोल्याण्डका धावकले सो दुरी ४ घन्टा ७ मिनेटमा तय गरेका थिए । यस्तै म्याराथनको तेस्रो स्थान पनि नेपाली धावक समीर तामाङले कब्जा गरेका थिए । उनले तय दुरी पुरा गर्न ४ घन्टा ३१ लगाएका थिए । उत्तरी धुर्वबाट कुराकानी गर्दै भीम गुरुङले भने, 'अत्यन्त कठिन र चिसो ठाउँमा दौडिएर नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै हर्षित छु । दौडमा दोस्रो हुन सकेकोमा झनै खुशी छु ।' पृथ्वीकै सबैभन्दा चिसो ठाउँ उत्तरी धुर्वमा हुने यो दौडलाई विश्वकै अत्यन्त जटील मानिन्छ । त्यहाँको भौगोलिक अवस्था निकै कष्ठकर छ । यहाँ वर्षको ६ महिना मात्रै घाम लाग्छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.