ब्राजिल ७ वर्षपछि फर्कियो शीर्ष स्थानमा, नेपाल १७० औं स्थानमा कायमै

Everest Fuji News २०७३ चैत्र २४ मा प्रकाशित       Published at 2017 Apr 06


काठमाडौं – ब्राजिल सात वर्षपछि फेरि फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा फर्किएको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ बरियता क्रममा ब्राजिल अर्जेन्टिनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।गएको हप्ता भएको खेलमा जित निकाल्दै सन् २०१८ मा रुसमा हुने विश्वकपका लागि स्थान पक्का गर्ने पहिलो टिम बने ब्राजिल शीर्ष स्थानमा फर्किएको हो । सन् २०१० को विश्वकपमा नेदरल्याण्डससँग पराजितपछि शीर्ष स्थानबाट झरेको ब्राजिल पहिलो पटक फेरि एक नम्बरमा पुगेको हो । लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएको अर्जेन्टिना भने दोस्रो स्थानमा छ । शीर्ष २० देश १) ब्राजिल २) अर्जेन्टिना ३) जर्मनी ४) चिली ५) कोलम्बिया ६) फ्रान्स ७) बेल्जियम ८) पोर्चुगल ९) स्वीट्जरल्याण्ड १०) स्पेन ११) पोल्याण्ड १२) इटाली १३) वेल्स १४) इंग्ल्याण्ड १५) उरुग्वे १६) मेक्सिको १७) पेरु १८) क्रोएसिया १९) इजिप्ट २०) कोस्टारिका यसअघिको बरियतामा एक सय ७० औं स्थानमा रहेको नेपालको बरियता भने केही परिवर्तन भएको छैन । दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा छ । यो क्षेत्रको पहिलो स्थानमा भारत रहेको छ । दक्षिण एसियामा कुन देश कुन स्थानमा ? भारत (१०१) माल्दिभ्स (१५१) अफगानिस्तान (१५३) भुटान (१६४) नेपाल (१७०) बंगलादेश (१९३) श्रीलंका (१९७) पाकिस्तान (२०१)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.