आर्सनल २–२ म्यान सिटी, खेल बराबरी

Everest Fuji News २०७३ चैत्र २१ मा प्रकाशित       Published at 2017 Apr 03


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । आर्सनलको मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली म्यान सिटीका लेरोए सानेले पहिलो गोल गरे । तर, यसपछि आर्सनलका थियो वाल्कोटले एक गोल फर्काउँदै खेल बराबरी गरे । ४२ औं मिनेटमा सर्जियो अगुएरोले एक गोल थप्दै म्यान सिटीलाई खेलमा दोस्रोपटक अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुमै आर्सनलका खोद्रान मुस्ताफीले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो । प्रिमियर लिगअन्तर्गत् आइतबारै राति भएको अर्को खेलमा स्वान्सी सिटी र मिडिल्सब्रोले गोलरहित बराबरी खेलेका छन् । यी खेलहरुपछि प्रिमियर लिगको अंकतालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ५९ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै, ५८ अंकको म्यानचेस्टर सिटी चौंथो र ५३ अंकको म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.