नेपाली क्रिकेट टोली बंगलादेशबाट स्वदेश आइपुग्यो

Everest Fuji News २०७३ चैत्र २० मा प्रकाशित       Published at 2017 Apr 02


काठमाडौँ – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली आज स्वदेश आइपुगेको छ । सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट र अर्को खेलमा आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित नेपाली टोलीले प्रतिष्ठाको लडाइ मानिएको बिहीबारको खेलमा भने सहज जित हासिल गरेको थियो । नेपाली टोलीको सान्त्वना जितमा कप्तान ज्ञानेन्द्र मल्लको भूमिका महत्वपूर्ण रह्यो । हङकङलाई २ सय १४ रनमा रोक्न दुई महत्वपूर्ण विकेट लिएका ज्ञानेन्द्रले ओपनिङ गर्दै ७० रनको योगदान गरेका थिए ।ज्ञानेन्द्र खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । अभिनाश कर्णले ३ विकेट,सुसन भारी, भूवन कार्कीले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए । गत महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध ७ विकेटको जितमा अर्धशतक बनाएका ज्ञानेन्द्रले बिहीबार पनि उच्च प्रदर्शन गरे । अर्का दुई खेलाडी दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । दुवैले अविजित रहँदै अर्धशतक पुरा गरेका थिए । केन्याविरुद्धको फागुन २८ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डेब्यू गरेका दीपेन्द्रले त्यसयताका ५ खेलमा तीन अर्धशतक पुरा गरिसकेका छन् । दीपेन्द्र ६० र शरद ५५ मा अविजित रहँदै टोलीलाई २ सय १५ को लक्ष्य दिलाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.