इमर्जिङ टिम्स कप क्रिकेट: नेपालले बंगलादेशबाट पायो २५८ रनको लक्ष्य

Everest Fuji News २०७३ चैत्र १५ मा प्रकाशित       Published at 2017 Mar 28


नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा मंगलबार बंगलादेश यू–२३ बाट २५८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोक्न सफल भएको हो । नेपाली बलरले बंगलादेशीकाे ९ विकेट लिएका थिए । नेपालका बलर अभिनाश कर्ण बंगलादेशका प्रारम्भिक ब्याट्स्म्यानलाई सुरुवाती ओभरमै पेभेलियन फर्काउन सफल भएपछि बंगलादेशलाई नेपालले सस्तोमै समेट्न सफल भएको थियो । कर्णले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले महत्वपूर्ण २ विकेट लिएर उनलाई साथ दिए । मेहबुब आलम, दीपेन्द्र एेरी र ज्ञानेन्द्र मल्लले पनि १–१ विकेट लिएका थिए । बंगलादेशका लागि नासिर हुसैनले अविजित १०९ रन बनाएका थिए भने अर्का ब्याट्स्म्यान मोमिनुल हकले ६१ रन बनाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.