फिलिपिन्सलाई उसकै भूमिमा हराउन आतुर छौंः नेपाली कप्तान

Everest Fuji News २०७३ चैत्र १४ मा प्रकाशित       Published at 2017 Mar 27


काठमाडौं । सन् २०१९ मा हुने एसियन कप छनौट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिनिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दैछ । मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि सुरु हुनेछ । फिलिपिन्सबिरुद्ध ३५ बर्षदेखि जितबिहीन नेपाली टोली पछिल्लो एक बर्षयताको लयका कारण उत्साहित छ । नेपाल पछिल्ला १४ महिनादेखि अविजित छ । सन् १९८२ मा फिलिपिन्सलाई १-० ले हराएको नेपालले त्यसयता तीन खेलमा उसँग पराजय ब्यहोरेको छ । पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-०ले हारेको थियो । सोमबार मनिलामा आयोजित पि्र-म्याच कन्फ्रेन्समा नेपाली कप्तान बिराज महर्जनले बिगतलाई बिर्सँदै फिलिपिन्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरे । उनले भने, ‘पछिल्लो सफलताले हामी उत्साहित छौं र फिलिपिन्सलाई उसैको भूमिमा हराउन आतूर छौं ।’ नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको भएपनि आफ्नो टोली सन्तुलित रहेको बताए । ‘आफ्नो क्षमताअनुसार खेले हामीले फिलिपिन्ससँग तीन अंक खोस्न सक्छौं ।’ पत्रकार सम्मेलनमा कोजीले भने ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.