नेपाल पाकिस्तान यू–२३ सँग ६ विकेटले पराजित

Everest Fuji News २०७३ चैत्र १४ मा प्रकाशित       Published at 2017 Mar 27


नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा सोमबार पाकिस्तान यू–२३ सँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाकिस्तान सामु १ सय ८१ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियाे । टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियाे । पाकिस्तानका तर्फबाट ब्याटिङ गर्न अाएका अाेपनर इमाम उल हकले अविजित १०४ रन बनाएपछि नेपालले दिएकाे लक्ष्य पछ्याउन पाकिस्तानलाई सहज भएकाे हाे । पाकिस्तानले ४५.१ अाेभरमा ४ विकेट गुमाएर लक्ष्य पछ्याएकाे हाे । नेपालका लागि सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले २-२ विकेट लिएका थिए । त्यसअघि नेपालका भरपर्दा ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, सागर पुन र दिपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालको इनिङस् सुनील धमला र शरद भेषावकरले सम्हालेका थिए । धमला ४३ र शरद ३८ रनमा आउट भए । दीपेन्द्र १४, सागर ४ र कप्तान मल्ल २ रनमा आउट भएपछि नेपाली इनिङस् एक समय धरमराएको थियो । १ सय २६ बलको सामना गरेका सुनीलले ४३ रन जोड्दा ३८ रन जोड्न शरदले ५८ बलको समना गरेका थिए । यस्तै विनोद भण्डारी २२ रन जोडे भने महबुब आलम गोल्डेन डक आउट भए । अन्तिम ओभरमा आरिफ शेख १६ रनमा आउट भए भने सन्दिप लामिछाने पनि गोल्डेन डक आउट भए । पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ वर्ष मुनिको टोलीसंग ९ विकेटले पराजित भएको थियो । नेपाल रहेको समुह एमा पाकिस्तान सहित बंगलादेश र हङकङ समावेश छन । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप २०१३ पछि आयोजना हुन लागेको हो । नेपाल पछिल्लो पटक पाकिस्तान यू–२३ सँग ९ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.