मलेसियाबाट एनआरएन प्यासिफिक कप जिताएरै ल्याउने अमृत गुरुङको दावी -

Everest Fuji News २०७३ चैत्र ४ मा प्रकाशित       Published at 2017 Mar 17


चैत्र-४, शुक्रवार, जापान । मलेसिया हुन लागेको एनआरएन एशिया प्यासिफिक सम्मेलनमा बिभिन्न देशको नेपालीबिच फूटबल प्रतियोगिता हुने भएको छ । यसको लागि जापानबाट आज नेपाली युवाहरु मलेसियाको क्वालालाम्पुरको लागि प्रस्थान गरेका छन । यसको नेत्रुत्व अमृत गुरुङ र लेलिन भट्टचनले लिएका छन । गुरुङ खेलप्रेमी तथा सामाजिक अभियन्ता हुन भने भट्टचन एनआरएन आइ सि सि युवा प्रतिनिधि हुन । एनाअरएन प्यासिफिक कप नामकरण गरिएको यस फूटबल प्रतियोगितामा भाग लिनको लागि ७ जना खेलाडी सहित गुरुङ र भट्टचन नारिता विमानस्थल हुँदै प्रस्थान गरेका छन । यस फूटबल प्रतियोगितामा मलेसिया , सिङ्गापुर , हङ्कङ , अस्ट्रेलिया , मकाउ ,अमेरिका,दक्षिण कोरिया लगायत १०~१२ देशका नेपाली फूटबल खेलाडी बिच प्रतिस्प्रधा हुने जाकारी टोली नेता गुरुङ्ले जाकारी दिए । यस खेलमा प्रथम हुनेले पुरस्कार १०० मान ( करिव १० लाख रुपैया) , दोस्रो हुनेले ३० मान ( करिव ३ लाख ) पुरस्कार प्राप्त गर्नेछन । जापानमा सामाजिक काममा पनि निकै सकृयाता देखाउने अमृत गुरुङ्ले केही समय पहिले कोरियाबाट पनि प्रथम शिल्ड जिताएर ल्याएका थिए । ' हाम्रो खेलाडी भाईहरुको हौसला र सहयोगको लागि हामी हरु हरपल साथमा छौ , हामीले मलेसियाबाट पनि भाई हरुलाई जिताएरै ल्याउछौ भन्दै दाविका साथ एभरेस्टफुजीन्युजडट कमलाई बताउनु भयो । केही दिन पहिले एनआरएन एसिया प्यासिफिक सँयोजक किरण विक्रम थापा , एनआरएनए जापानका अध्यक्ष सुदन थापा लगायत अन्य प्रतिनिधिहरु पनि मलेसियामा प्रस्थान गरी सकेका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.