तोचिगीमा हालसम्मकै ठूलो धनराशीको फुटसल टुर्नामेन्ट हुँदै

Everest Fuji News २०७३ चैत्र ३ मा प्रकाशित       Published at 2017 Mar 16


टोकियो । गैर आवासिय नेपाली संघ तोचिगी क्षेत्रीय कमिटी र नेवारी किचेन को संयुक्त आयोजनामा आउँदो अप्रील २ तारिखमा तोचिगीमा फुटसल टुर्नामेन्ट हुने भएको छ । तोचिगीमा हुन लागेको यो टुर्नामेन्ट जापानमा नेपालीहरूले आयोजना गर्दै आएको टुर्नामेन्ट हरूमध्ये हालसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी रहेको फुटसल टुर्नामन्ट भएको आयोजकले जनाएको छ । तेस्रो युएफएन कप अर्थात् युनाईट फर नेप्लिज नाम दिएर आयोजना गरिएको यो टुर्नामेन्टलाई काल भैरवले सहयोग गरिरहेको छ भने कार्यक्रमको संयोजक बिनोद गुरुगंले रहेका छन् । प्रतियोगितामा सहभागी हुन चाहने समुहले तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि सहभागीता जनाउन सक्ने टुर्नामेन्ट प्रचार प्रसार कमिटीका राजु पनेरुले जानकारी दिनुभयो । आयोजक संस्था एनआरएनए तोचिगीका सल्लाहकार तथा फुटसल टुर्नामेन्टका प्रचार प्रसार प्रमुख समेत रहनुभएका राजु पनेरुका अनुसार फुटसलमा प्रथम हुने समुहले ट्रफि सहित ५ लाख जापानी येन पुरस्कार पाउने छ । यस्तै दोस्रो हुने टिमले २ लाख येन नगद पुरस्कार पाउने भएको छ । Here we come again 3rd UFN CUP (unity for Nepalese) one of the biggest prize amount of Japan in Nepalese football history Organized by:NRN tochigi & newari kitchen Supported by:Kaal Bhairav Co-ordinator: Bee-Nod Grg Contact: Surendra Lal Shrestha:09085697745 Raju paneru:08094067727 Bee-Nod Grg:08046729841 Kazoku Gurungillaz:08065745140


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.