एसिसी इमर्जिङ कपका लागि खेलाडी छनोट (को को छन् टीममा)
Everest Fuji News२०७३ चैत्र २ मा प्रकाशितPublished at 2017 Mar 15
काठमाडौं । बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशनल कपका लागि नेपाली खेलाडी छनोट गरिएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा बैकल्पिकसहित १९ खेलाडी छनोट गरिएको हो। छनोट भएका खेलाडीहरूमा अधिकांश खेलाडी आइसिसी विश्व क्रिकेट लिगमा केन्याविरूद्ध खेलेका खेलाडी समावेश छन्।
पारस खड्कासँगै मुख्य प्रशिक्षक जगत टमाटा र आइसीसीका प्रतिनिधि बेङ्कटपति राजु सम्मिलित ३ सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो।
एसियन क्रिकेट काउन्सिल एसीसीले आयोजना गर्ने इमर्जिङ कप आगामी मार्च २५ देखि बंगलादेशमा हुँदैछ । इमर्जिङ कपमा टेष्ट र एसोसियट गरि आठ टोलीको सहभागिता रहने छ । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै एसोसियटमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।
छनोटमा परेका खेलाडीहरू
ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेसवारक (उपकप्तान)
बिनोद भण्डारी
सागर पुन
मोहम्मद आरिफ शेख
मेहबुब आलम
दीपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
मोहम्मद आसिफ शेख
अभिनाश कर्ण
सुनिल धमला
भुवन कार्की
सुसन भारी
दीपेश श्रेष्ठ
दिलीप नाथ
बैकल्पिक खेलाडी
कुशल भुर्तेल
जितेन्द्रकुमार मुखिया
राजेश पुलामी मगर
सुशील कँडेल