नेपाल केन्यासँग पाँच विकेटले पराजित

Everest Fuji News २०७३ फाल्गुन २८ मा प्रकाशित       Published at 2017 Mar 11


काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको त्रिवि मैदा कीर्तिपुरमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको छ। पटक-पटक वर्षाका कारण अवरुद्ध खेलमा नेपालले पहिलो इनिङमा ३६ ओभर खेल्दै ११२ रन जोडेको थियो। डकवर्थ लुइस नियमअन्तर्गत केन्याले २९ ओभरमा १०४ रन बनाउनुपर्ने भए पनि २२ औँ ओभरमा फेरि खेल रोकिएपछि केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो। केन्याले ११ बलअघि नै ९८ रन बनाउँदै जित हात पार्यो। केन्याका लागि कप्तान राखेप पटेलले विजयी छक्का प्रहार गरे। टस जितेर पहिले फिल्डिङ गरेको केन्याका लागि कप्तान पटेलले ३४ रनको योगदान दिए भने ओबुयाले २४ रन जोडेका थिए। नेपालका लागि सागर पुन र सन्दिप लामिछानेले दुईदुई विकेट लिए। त्यसअघि नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाएका थिए भने दिपेन्द्र सिंह एेरीले १९ रन जोडेका थिए। त्यसैगरी शक्ति गौचनले १८ तथा सोमपाल कामीले १५ रनको योगदान दिएका थिए। बलिङमा सोमपाल कामी सबैभन्दा महंगा साबित भए। उनले ४.१ ओभरमा २८ रन खर्चिए। उनले तीन फरक ओभरमा नो बलपछि वाइड प्रहार गरेका थिए। बर्षातका कारण बारम्बार बिथोलिएको खेलमा दर्शकले भने बलियो उपस्थिति जनाएका थिए। केन्यासँग नेपालले अर्को खेल सोमबार खेल्नेछ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.