Everest Fuji News२०७३ फाल्गुन २० मा प्रकाशितPublished at 2017 Mar 03
सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच मेक्सिकोमा जारी एटिपी प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।
प्रतियोगितामा शीर्ष वरियता पाएका जोकोभिचलाई अष्ट्रेलियाका निक किर्गीयोसले पाखा लगाएका हुन् । जोकोभिचविरुद्धको खेल किर्गीयोसले ७–६ र ७–५ को सोझो सेटमा जिते । २१ वर्षीय किर्गीयोसले अब सेमीफाइनलमा अमेरिकी खेलाडी साम क्वेरेको सामना गर्नेछन् ।