किक बक्सिंग नेपाली खेलाडी मोहन ‘ड्रागन’ले आज पत्रकार सम्मेलन गर्दै ..
Everest Fuji News२०७३ फाल्गुन ६ मा प्रकाशितPublished at 2017 Feb 17
किक बक्सिंग खेलमा जापानमा चर्चामा रहेका नेपाली खेलाडी मोहन ‘ड्रागन’ले आज पत्रकार सम्मेलन गर्र्दैछन।
यहि फेब्रुअरी १८ तारिक शनिबार रोमाञ्चक तथा प्रतिस्पर्धात्मक भिडन्त तयारीको लागि र जापानवासी नेपाली लाइ सहभागि भै हौसला बढाइ दिनको लागि पत्रकार सम्मेलन गर्न लागिएको जानकारी मोहन ड्रागनले दिए ।
जीवनकै सर्वाधिक महत्वको खेल भनि रहेका मोहन ‘ड्रागन’ले यस पटक पनि जसरी पनि जित्ने भन्दै जापानका च्याम्पियन खेलाडीलाई मैदानमा बोलाएका छन् । ‘क्रक्स ७३’ नाम दिईएको ‘क्रस वेटल क्लास’ भिडन्त शनिबार साँझ टोकियो दोम कोराकोएन हलमा हुदैछ ।
७३ किलो तौल समुहमा भिडन लागेका मोहन ‘ड्रागन’ले विश्व प्रसिद्ध प्रतिस्पर्धा मध्येको एक ‘के वान’मा सहभागिताका लागि जीत अनिवार्य भने पनि आयोजकले उनलाई स्वत सहभागिता गराउने भएपछि खुसी भएका छन्।
नेपाल जापान डटकमसँग कुरा गर्दै मोहन’ड्रागन’ले शनिबारको खेलमा प्रतिस्पर्धिलाई हराउने दाउमा रहेपनि ‘के वान’मा सहभागिताका लागि खेल निणार्यक भने नरहेको बताए ।
यस अघि आयोजकले जीत अनिवार्य भनेको भएपनि अहिले सिधै नेपाली खेलाडीका रुपमा छनौट गरि सकेको जानकारी पाएको बताए । जीते भने नेपालको तर्फबाट विजेता खेलाडी बनेर सहभािग हुने पाउने, हारेमा भने समान्य रुपमा सहभागितामा मात्र हुने छन् ।
यद्धपी विपक्षी खेलाडी जापानको यतिवेलाको च्याम्पियन खेलाडी भएका कारण हराउने दाउमा रहेको बताए । खेलमा जीत आफनो पक्षमा पार्न कडा मेहनत गरिरहेको उनले जानकारी दिए ।
मोहनसंग भिडन लागेका जापानी खेलाडीले भने मोहनको’हुक’को चर्चा गर्दै उनको ‘हुक’ रोकेर खेल्ने दाउ हुने बताएका छन् ।
आयोजक समुहले पनि मोहन ‘हुक’को चर्चा गर्दै खेलमा दर्शकले मोहनको भिडन्तको प्रतिक्षा गरिरहेको बताए ।