फष्ट हिमालय गोल्डकप २०१७ " को तयारी तीव्र , सहभागी टीमको छनोट सकियो
Everest Fuji News२०७३ पुष २१ मा प्रकाशितPublished at 2017 Jan 05
जापान ( टोकियो ) सन्तोष चोखाल -हाइजिमा युथ क्लबले आयोजना गरेको "फष्ट हिमालय गोल्डकप २०१७ " को तयारी तीव्र बनेको छ । फ़ेब्रूअरी २६ मा हुने प्रतियोगीतामा २० टीम मात्र सहभागी गराउने र २० टीमको छनोट प्रक्रिया सकिएको प्रतियोगिता संयोजक यूबी अधिकारीले जानकारी दिएका छन । ' फुटबल फर युनिटी 'भन्ने नाराका साथ टोकियोको निसिहाचीयोजिमा सम्पन्न हुने प्रतियोगीतामा प्रथम हुने टीमले २ लाख २२ हज़ार २ सय २२ यन पाउने छ त्यस्तै दोस्रो हुने टीमले १ लाख ११ हज़ार १ सय ११ जापानी यन पाउने छ । त्यस्तै उत्कृष्ट खेलाडी , धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट गोलकिप्परलाई पनि पुरस्कृत गर्ने क्लवका अध्यक्ष अखिल लामाले जानकारी दिए । प्रतियोगितामा प्रवेश शुल्क भने ३० हज़ार जापानी यन राखिएको थियो । यस खेलको मीडिया संयोजन भने रिपोर्टर्स क्लव नेपाल , जापानले गरीरहेको छ ।
क्लवले स्थापनाकालदेखि नै फुटबलका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । खेलकुद तथा सामाजीक काममा क्लवले राम्रो छबी बनाइरहेको छ।