Everest Fuji News२०७३ कार्तिक ९ मा प्रकाशितPublished at 2016 Oct 25
९ कार्तिक-काठमाडौं ।
नेपाल फुटवल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ फुटबल गतिबिधिमा प्रतिबन्ध लागेका पूर्व अध्यक्ष गणेश थापा निकट हुन् । हिजो भएको निर्वाचनमा कुल ६७ मत खसेकोमा ३६ मत पाउँदै श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । श्रेष्ठले कर्माछिरिङ शेर्पालाई ३१ मत अन्तरले पराजित गरेका हुन् ।
उपाध्यक्षमा पनि श्रेष्ठको प्यानलबाटै उम्मेद्वारी दिएका मणी कुँवर ३५ मतसहित विजयी भए । उपाध्यक्षमा विजयी कुँवर साइनोले गणेश थापाका सालो हुन् ।
तत्कालिन अध्यक्ष थापालाई फिफाले भ्रष्टाचार गरेको पुष्टि गरेपछि र तत्कालिन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि एन्फाले एक बर्षका लागि अध्यक्ष र उपाध्यक्षको चुनाव गरेको हो ।
अध्यक्षमा पराजित शेर्पाले तत्कालिन अध्यक्ष थापा र एन्फाको कार्यशैलीप्रति विद्रोह गरेका थिए ।