काठमाडौं/
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड शृखलाको लागि तयारी गर्न बेलायत पुगेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । कार्डिफमा हिजो भएको खेलमा न्यू पोर्ट क्रिकेट क्लबलाई नेपालले तीन विकेटले हराउदै विजयी भएको हो । नेपालले दुई सय १३ रनको लक्ष्य ३८ औं ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।
खेलमा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गरेका थिए भने गुलशनले ८० रन जोडेका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए भने उनी आउट हुँदा नेपालले ५६ रनमा ६ विकेट गुमाएको थियो । त्यसअघि न्यू पोर्टले दुई सय १२ रन बनाएको थियो । लिग–२ अन्तर्गत नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने शृखला आउँदो जुन २ देखि १० तारिखसम्म हुने कार्य तालिका रहेको छ ।।