ललित स्मृति एन्फा यु–१८ लिग खेलमा पुलिस कल्बको जीत

Everest Fuji News २०८१ मंसिर ६ मा प्रकाशित       Published at 2024 Nov 21


लिग लिडर नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ लिगमा चर्च ब्वोइज युनाइेडलाई पराजित गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लब ३–१ ले विजयी भएको हो । जितसँगै पुलिसले दोस्रो स्थानको एनआरटीसँगको अंक दूरी सातमा पु¥याएको छ । पुलिसको ११ खेलबाट २६ र एक खेल कम खेलेको एनआरटीको १९ अंक छ । नवौं स्थानको चर्च ब्वोइजको ११ खेलबाट १४ अंक छ । पुलिसले खेलको तेस्रो मिनेटमै सुरुआती अग्रता लिने मौका गुमाएको थियो । ४५ औं मिनेटमा चिरण कार्कीले अर्को गोल थपेपछि पहिलो हाफमा पुलिस २–० ले अगाडि रहेको थियो । ४७ औं मिनेटमा अनुज थिङले गोल गर्दै चर्च ब्वोइजलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन नसक्दा चर्च व्वाइज युनाईड पराजीत भएको हो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.