नेपालले लगातार दोस्रो पल्ट साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि जित्ने यस पटक पनि अवसर गुमाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भएको सातौं संस्करणको फाइनलमा नेपाल बंगलादेशसँंग २–१ ले पराजित भएसंगै सो अबसर गुमाउन पुगेको थियो । यससँगै नेपाल लगातार दोस्रोपल्ट बंगलादेशसँग पराजित हुंदै उपाधिविहीन भएको हो । गत संस्करणमा नेपाल बंगलादेशसककंग ३–१ ले पराजित भएको थियो । नेपालले छैटौं पटक साफको उपाधि जित्ने अवसर समेत गुमाउन पुगेको थियो । बंगलादेशको जितमा मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काएकी थिईन । पहिलो हाफमा गोलरहित बराबरीमै सकिएको सो खेलमा दोस्रो हाफमा भने तीन गोल भएको थियो । बंगलादेशले अग्रता दिलाए पनि नेपालले गोल फर्काएको थियो । तर अन्तिम समयमा बंगलादेशले गोल थपेपछि भने नेपालको हार हुन पुगेको थियो । बंगलादेशकै गोलकिपर रुपना चक्मा उत्कृष्ट गोलकिपर र भूटानकी देकी लाजोम सर्वाधिक गोलकर्ता चयन भए । प्रतियोगितामा भूटानले फेयर प्ले अवार्ड प्राप्त गरेको थियो ।।