साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न साँढे ५ बजे पाकिस्तान र भारतबीचको खेलपछि प्रतियोगिता औपचारिकरुपले शुरु जनाएको छ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली ७ राष्ट्र सहभागी रहेका छन् भने समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि भुटानको सामना गर्नेछ । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा ,२०२२ मा काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।।