काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

Everest Fuji News २०८१ आश्विन २१ मा प्रकाशित       Published at 2024 Oct 07


काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

श्रीलंकामा हिजोदेखि शुरू भएको प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे शुरू हुनेछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै किर्गिस्तान र तुर्कमेनिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि हिजोको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको थियो । नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.