एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले तेस्रो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो । जितसँगै ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन रहेको मधेश भने प्रतियोगिताबाट बाहिरिएको छ । मधेशले पहिलो सेट १५–२५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछिका तीन सेटमा भने उस्तै प्रदर्शन कायम राख्न सकेन । दोस्रो सेटमा टक्कर दिएपछि मधेशको पक्षमा नजिता हात पर्न सकेन । उक्त सेट काठमाडौंले २५–२३ ले जितेको छ ।।