त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा क्यानडाको जीत

Everest Fuji News २०८१ आश्विन १३ मा प्रकाशित       Published at 2024 Sep 29


त्रिदेशीय टी–२० क्रिकेट श्रृखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ । 

एक सय २४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर एक सय नौ रन मात्रै बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाएको थियो । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन जोडे । क्यानडाका कलिम सानाले चार विकेट लिएको छ । त्यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । क्यानडाका साद बिन जाफरले सर्वाधिक २३ रन बनाए । नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन–तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए । नेपालले दोस्रो खेलमा आज राति ओमानसँग खेल्नेछ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.