एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई हरायो

Everest Fuji News २०८१ आश्विन ४ मा प्रकाशित       Published at 2024 Sep 20


एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले कोशीलाई ८–० गोलले हराएको हो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रो हाफमा थप ६ गोल गरेको थियो । एफीएफका लागि रश्मीकुमारी घिसिङले ५ गोल गरिन भने अनिता बस्नेतले २ र अनिता केसीले १ गोल गरेको थिईन । यो जीतसँगै एपीएफ ७ खेलमा १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । कोशी उति नै खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.