साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

Everest Fuji News २०८१ भदौ १९ मा प्रकाशित       Published at 2024 Sep 04


साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले पहिलो खेल दशरथ रंगशालामा भुटानसँग अक्टोबर १८ मा खेल्नेछ । समूह बीमा नेपाल र भुटानसँगै श्रीलंका र माल्दिभ्स पनि छन् । नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूहको तेस्रो खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन् । भारत र पाकिस्तानबीचको पहिलो खेल अक्टोबर १७ मा हुनेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल अक्टोबर ३० मा हुनेछ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.