पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित

Everest Fuji News २०८१ भदौ १५ मा प्रकाशित       Published at 2024 Aug 31


पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छिन् ।

पेरिसको ग्रान्ड प्यालेसमा शुक्रबार भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–८ मा पलेशा ब्राजिलकी सिल्भाना मायारा कार्डाेसो फर्नान्डेससँग पराजित भइन् । पलेशा फर्नान्डेससँग १०–८ अङ्कले पराजित भइन् । यसअघि शुक्रबार भएको अन्तिम–१६ को प्रतिस्पर्धामा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी थिइन् । यो खेल हारे पनि पलेशाले ‘रिपिचेज’ व्यवस्थाअनुसार कास्य पदकका लागि खेल्न पाउने अवसर कायमै छ । पलेशाले रिपिचेज मा आजै राति १० बजेर ५४ मिनेटमा खेल्दैछिन् । पलेशाले गएको वर्ष चीनको हाङझाउमा भएको पारा एशियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । पारा एशियाली खेलकुदमा नेपालले पाएको यो पहिलो पदक हो । यसअघि हिजो भएको खेलमा तेक्वान्दोका भरतसिंह महता जापानका मित्सुया टनाकासँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएका थिए । अब पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस–९ विधामा पुरुष ५० मिटर फ्री–स्टायलमा सहभागिता जनाउनेछन् ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.