१० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको २ स्वर्ण र १ रजत पदक

Everest Fuji News २०८१ भदौ १२ मा प्रकाशित       Published at 2024 Aug 28


भारतको बैङ्लोरमा भएको १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । 

तोक्वान्दो खेलाडी राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गर्नुभएको छ । एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मंगोलियाका खेलाडीलाई पराजित गरेर श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका हुन । त्यस्तै ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्ण हात पारेका हुन् । चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत जितेका हुन् । उहाँले ताजिकिस्तानका खेलाडीलाई हराएर रजत ल्याएका छन् । यही भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए । जसमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.