प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई घात नपु¥याउने बताउनु भएको छ ।
आईतबार नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्नेक्रममा सो कुरा बताउनु भएको हो । उहाँले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अल्मल्याइरहेको भन्दै सत्यका पक्षमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको गुनासो गर्नुभएको छ । उहाँले अर्को प्रशंगमा अब ओलम्पिकमा पनि नेपाली खेलाडीले जित्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्ने गरि खेल्न समेत खेलाडीलाई आग्रह गर्नुभएको छ । उहाँले उत्कृष्ट र प्रतिस्पर्धी रुपमा खेलेमा नपालीलाई जीतका लागि केहीले पनि रोक्न नसक्ने दाबी गर्नुभएको छ । सरकारले खेल क्षेत्रको विकासका लागि गच्छेले भ्याएसम्म काम गर्ने भन्दै प्रधानमन्त्री ओलीले कीर्तिपुरको रंगशालालाई स्तनोन्नति गर्न समेत सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ । उहाँले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न समेत खेलाडीहरुलाई आग्रह गर्नुभएको छ । अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिनुभएको छ । सोही कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेलकुद क्षेत्रको नेतृत्व लिनेगरी अगाडि बढ्न खेलकुद महासंघलाई निर्देशन दिनुभएको छ । महासचिव पोखरेलले साझा खेल संघहरुमा महासंघको नेतृत्वलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो । सबै खेल संघहरुमा कमिटी भित्रका पदाधिकारीहरुलाई पदीय हिसावले नेता हुने की जिम्मेवारी पूरा गरेको नेता हुने हो आफैँले निर्णय गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले खेल क्षेत्रमा महासंघको भुमिका बलियो बनाउन प्रभावकारी योजना बनाउन सुझाव दिनुभएको छ । नेकपा एमालेको खेलकुद महासंघ युवाहरुलाई जोड्ने ठूलो इकाईको रुपमा लिइन्छ ।।