२० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराएको छ । नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरेका थिए । आइतबारको खेलमा नेपालले गोल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । जीतसँगै नेपालले समूह ‘ए’ मा ३ अंक जोडेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ’बी’ का भारत र भुटान खेल्दैछन् । आइतबारदेखि शुरू भएको प्रतयोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।।