राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने युवा तथा खेलकुदमन्त्रीको प्रतिवद्धता व्यक्त

Everest Fuji News २०८१ श्रावण २८ मा प्रकाशित       Published at 2024 Aug 12


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रुपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भुमिकाबाट युवा उद्यमशिलतामा जोड दिएको बताउनु भयो । उहाँले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नविनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौति थपिएको बताउनु भयो । उहाँले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरु, आर्टिफिसियल इन्टलिजेन्स भएको विकासका महत्वपूर्ण साधन बनेको बताउनु भयो । उहाँले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताउनु भयो । 




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.