पूर्वफुटबलर तथा प्रशिक्षक गम्भीर राईको ५६ वर्षको उमेरमा निधन

Everest Fuji News २०८१ श्रावण १५ मा प्रकाशित       Published at 2024 Jul 30


पूर्वफुटबलर तथा प्रशिक्षक गम्भीर राईको ५६ वर्षको उमेरमा निधन भएको छ । 

मधुमेहबाट पीडित राईको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा निधन भएको झापा जिल्ला फुटबल संघका अध्यक्ष भागिरथ आलेले जानकारी दिनुभएको छ । झापाको भद्रपुर नगरपालिका–१० निवासी राईले १६ वर्षमुनि र १९ वर्षमुनिको उमेर समूहमा नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो । यस्तै उहाँले न्युरोड टिम (एनआरटी), जनकपुर चुरोट फ्याक्ट्री र मनाङ मस्याङ्दी क्लबबाट पनि खेल्नुभएको थियो । झापा जिल्ला फुटबल संघका पूर्वअध्यक्षसमेत रहनुभएका गम्भीर राईले २०५६ सालमा खेलाडीका रूपमा सन्न्यास लिएपछि प्रशिक्षकका रूपमा काम शुरू गर्नुभएको थियो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.