खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने युवा तथा खेलकुदमन्त्रीको प्रतिवद्धता

Everest Fuji News २०८१ श्रावण ४ मा प्रकाशित       Published at 2024 Jul 19


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

बिहीवार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय मातहतका निकायहरुलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताउनु भयो । उहाँले ऐन, कानूनहरुको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । 

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव १९ औं एशियाली खेलकुद सकिए लगत्तै २० औं एशियाली खेलकुदको लागि मिसन २०२६ भनेर अघि बढाएको बताउनु भयो । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहनुभएको र विशेष प्रशिक्षणमा व्यवस्थित रुपमा अघि बढाएको जिकिर गर्नुभयो । उहाँले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अंकको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताउनु भयो । उहाँले राखेपको मुख्य कार्यक्रम नै मिसन २०२६ भएको बताउनु भयो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.